पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या १०४ पुग्यो


काठमाडौँ, ३२ साउन । पछिल्लो चौबिस घण्टामा नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप २ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले पर्साको ४७ वार्षीय पुरुष, मोरङको ५० वर्षीय १ महिलाको मृत्यु भएको जानकारी गराए ।

यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ६४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने निको भइ डिस्चार्ज हुनेको संख्या १३४ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *