देशभर थपिए ६४१ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६ हजार ६६०

काठमाडौँ, ३२ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप ६४१ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार २४७ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ६४१ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १३४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ३३५ पुगेको छ ।

देशभरका क्वारेनटिनमा १५ हजार २४३ जना रहेका छन् । भने होम क्वारेनटिनमा ४ सय ९७ जना छन् । आइसोलेसनमा रहनेको संख्या ८ हजार ७२४ रहेको छ ।

त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *