स्वास्थ्य मन्त्रालय र अनुसन्धान परिषद्का दुई कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ, ३२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार आएको पीसीआर रिपोर्टमा मन्त्रालय तर्फ एक जना सवारी चालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । यस्तै परिषद् तर्फ पनि एक जना सवारी चालककै रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्रालयका सहसचिव रघुराम विष्टले एक जना सवारी चालकको कोरोना पोजेटिभ आएको बताए । उता परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले पनि आफ्नो कार्यालयको एक जना सवारी चालकमा संक्रमण भएको पुष्टि गरे ।

केही दिन अघि मात्रै मन्त्रालयका तीन जना कार्यालय सहयोगी सहित चार जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि राज्यमन्त्री नवराज रावत सहित करीब ४० जना क्वारेन्टिनमा बसेका थिए ।

उनीहरुमध्ये अधिकांशले गत शुक्रबार नमूना जाँच दिएका थिए । तिनैमध्ये दुई जनामा आज संक्रमण देखिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *