राष्ट्रिय ट्रमा सेन्टरका दुई जना नर्स सहित तीन कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ, ३२ साउन । राष्ट्रिय ट्रमा सेन्टरका दुई जना नर्स सहित तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले पीसीआर परीक्षण गराउँदा दुई जना नर्स र एक जना सरसफाईमा खटिने कर्मचारीमा संक्रमण देखिएको बताए ।

गत बुधबार एक जना कर्मचारीमा संक्रमण देखिएपछि ट्रमाका प्राइमरी कन्ट्याक्टमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । त्यस क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । तर फ्रन्टलाइनमा रहेर काम गर्नेहरुको परीक्षण गराउँदा आज तीनवटा केश पोजेटिभ देखिएको डा पौडेलले जानकारी दिए ।

अब संक्रमितहरुलाई आइसोलेट गर्ने र प्राइमरी कन्ट्याक्टमा रहेकाहरुलाई क्वारेन्टिनमा राख्ने तयारीमा रहेको उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *