६ जना नर्सलाई कोरोना देखिएपछि भरतपुर क्यान्सर अस्पतालको सेवा अवरुद्ध

चितवन, ३२ साउन । आफ्ना ६ जना नर्स कोरोना संक्रमणमा परेपछि भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर क्यान्सर अस्पताल)ले आकस्मिक बाहेकका सेवा अनिश्चित कालका लागि बन्द गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरिएको जनाएको हो ।

अस्पतालका उपनिर्देशक डा कृष्ण सागर शर्माले विभिन्न आज आएको पीसीआर रिपोर्टमा वार्डका ५ जना नर्समा पोजेटिभ देखिएको र दुई दिन अघि पनि एक जना नर्सलाई पोजेटिभ देखिए पछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा धेरै चिकित्सक तथा नर्सहरुको क्वारेन्टिनमा रहनुपर्ने भएकोले तत्कालका लागि आकस्मिक बाहेकका सेवा रोकिएको बताए ।

उनले आकस्मिक वार्डमा कार्यरत नर्स समेत संक्रमणमा परेपछि अहिले सो वार्ड समेत सिल गरिएको र आकस्मिक सेवा ओपिडी सेवा दिने स्थानबाट गरिने समेत जानकारी दिए ।

अस्पतामा अहिले साढे २०० बढी विरामी भर्ना भई उपचाररत छन् ।

‘तीन चारवटा वार्डका स्टाफमा संक्रमण देखिएपछि खतरा बढ्यो । सबैको पीसीआर गर्नुपर्ने भयो । अस्पताललाइ पनि निसंक्रमण गर्नुपर्ने भयो । यसले गर्दा हामीले आकस्मिक बाहेकका सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेका हौँ,’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *