पर्सामा थप ४७ जनामा कोरोना संक्रमण, मृत्यु भएका एक जनामा कोरोना पुष्टि

वीरगञ्ज, ३२ साउन । पर्सा र बारामा गरी थप ४७ जनामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण देखिएको छ । नारायणी अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका ४६ जना र बाराका १ गरी कुल ४७ जनामा संक्रमण देखिएको मेसु डा मदनकुमार उपाध्यायले बताए ।

संक्रमितहरु नारायणी अस्पतालका क्लिनर, सहयोगी, सुरक्षा गार्ड, सामजिक परिचालक गरी ८ जना, प्राइम फर्माका ६ जना समेत छन् ।

उनले संक्रमितहरु ८ देखि ७० बर्ष उमेर समूहका भएका केही अस्पतालका आइसीयूमा उपचाररत तथा डायलासिस गरेका विरामी समेत रहेको जानकारी दिए ।

शनिबार विहान मृत्यु भएकामा कोरोना संक्रमण पुष्टि
यसैबीच वीरगञ्जमा शनिबार विहान मृत्यु भएका ४७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल नपुग्दै मृत्यु भएका सुगौली पर्साका ४७ बर्षिय पुरुषको पीसीआर जाँच गर्दा शनिबार राती आएको रिपोर्टमा कोभिड – १९ पोजेटिभ देखिएको मेसु डा उपाध्यायले जानकारी दिए । उनले मृतक व्यक्तिमा ज्वरो खोकी र स्वासप्रश्वासको समस्या देखिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *