रेमडिसिभिर औषधि क्लिनिकल ट्रायल गर्ने परिषद्को निर्णय, आयात अनुमतिका लागि विभागमा पत्राचार

काठमाडौँ, ३१ साउन ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरस (कोभिड – १९) संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि प्रयोग हुने भनिएको औषधि ‘रेमडिसिभिर’ क्लिनिकल ट्रायल अध्ययनका लागि आयात गर्न अनुमति दिन औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ । परिषद् को आज बसेको बोर्डको कार्यकारी बैठकको निर्णयपछि विभागलाई रेमडेसिभिर औषधि आयात अनुमतिका पत्राचार गरेको हो ।

परिषद्का कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवालीले आज बसेको बोर्डका बैठकले परिषद्को गाइडलाइन प्रोटोकल अनुसार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको अस्पतालहरुमा मात्र प्रयोग तथा वितरण गर्ने सर्तमा आयतगर्ने इच्छुक रहेका आपूर्तिकर्ताहरुलाई नियम अनुसार आयात अनुमति दिनका लागि अनुरोध गर्ने निर्णय भएको बताए । उनले बैठकपछि विभागलाई आजै सो निर्णयको सम्वन्धमा पत्राचार गरिसकिएको जानकारी दिए ।

उता विभागका महानिर्देशक नारायणप्रसाद ढकालले परिषद्को पत्र पछि निर्णय गर्ने तयारीमा रहेको बताए । ‘हामी पनि यो विषयलाई छिटो टुंग्याउने प्रयासमा छौँ । परिषद्बाट पत्र समेत आइसकेको छ । अब केही प्रक्रिया मिलाएर निकै छिटो सकेसम्म आजै नै निर्णय हुन्छ,’ उनले भने ।

यसअघि विभागले इच्छुक कम्पनीको तर्फबाट भन्दै तीनवटा कम्पनी सिप्ला, माइलन र हिटेरो कम्पनीको नाम परिषदमा पठाएको थियो ।

परिषदले अरु पनि इच्छुक कम्पनीले मापदण्ड पुग्छ भने आयात गर्न अनुमति दिनु भन्ने जवाफ आएको समेत उनले बताए । यसअघि विभागमा करीब ८ वटा कम्पनीले आयात अनुमतिका लागि निवेदन दिएको जानकारी आएको छ ।

अमेरिका, भारत तथा अन्य कोरोना संक्रमित मुलुकहरुमा रेमडिसिभिर औषधि  ट्रायलका लागि अनुमति दिइएको छ । नेपालमा विभागले अनुमति नदिएपछि कतिपय विरामीहरुले आफ्नै प्रयासमा अवैध रुपमा औषधि ल्याएर प्रयोगका लागि डाक्टरलाई उपलव्ध गराउँदै आएका थिए ।

चिकित्सकहरुले समेत रेमडिसिभिर औषधि आयात गर्ने अनुमति दिन ढिलाई गरेको भन्दै विभागको आलोचना गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *