लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु


बुटवल, ३१ साउन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुका ४२ वर्षीय पुरुष हुन् । उनी साउन २९ गतेअस्पताल भर्ना भएका थिए । उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचार गर्ने क्रममा  शनिवार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए।

प्रवक्ता  डा. गौतमका अनुसार उनको पहिलो रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।  उनको अवस्था गम्भीर भएका कारण उपचारकै क्रममा मृत्यु भएको डा. गौतमले बताए ।

यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *