वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु, कुल मृत्युको संख्या १०० पुग्यो

पर्सा, ३१ साउन । वीरगञ्जमा थप एक जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । शुक्रबार राती नारायणी कोभिड अस्पतालमा उपचार गराईरहेका वीरगञ्ज महानगरपालिका १२ मुरलीका ६० बर्षिय पुरुषको मृत्यु भएको हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुलसंख्या १०० पुगेको छ ।

अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले मृतक व्यक्ति गत २४ साउन स्वासप्रश्वासमा कठिनाई भएको भन्दै अस्पतालमा भर्ना भएको जानकारी दिए । उनमा पहिले देखि नै उच्चरक्तचाप, मधुमेह र प्यारालाइसिसको समेत समस्या भएको समेत डा उपाध्यायले जानकारी दिए ।

पर्सामा २३ जनामा कोरोना संक्रमण
यसैबीच शनिबार विहान पर्सामा थप २३ जनामा कोरोना संक्रमण देखिएको छ । मेसु डा उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ७ महिला र १६ पुरुष रहेका छन् । त्यसमा ११ बर्ष देखि ६५ बर्ष उमेर समूहका व्यक्तिहरु छन् ।

डा उपाध्यायले २ वटा निजी अस्पतालका ५ जना कर्मचारी समेत संक्रमितको सूचीमा परेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *