कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्यो

काठमाडौँ, ३० साउन । पछिल्लो चौबिस घण्टमा नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ४ जनाको मृत्यु भएको बताए ।
प्रवक्ता डा गौतमका अनुसार मोरङका १ पुरुष, सिराहाका १ पुरुष र बाराका २ जना पुरुषको मृत्यु भएको हो ।
यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




