कोरोना संक्रमणपछि होम आइसोलेसनमा अस्पताल प्रमुख र स्वास्थ्य शाखा प्रमुख

काठमाडौँ, ३० साउन ।  चितवनस्थित  बकुलहर रत्ननगर अस्पतालका प्रमुख डा विश्ववन्धु बगाले दम्पत्तीलाई नै कोरोना संक्रमण देखिएको तीन दिन नाघ्यो ।

‘अहिले उनीहरु घरमै आइसोलेसनमा छन् । स्वाब दिएको एक साता जति भयो, तीन दिन अघि नतिजा आयो तर पोजेटिभ । म र श्रीमती स्वाब दिए देखि नै होम क्वारेन्टिनमा थियौँ । कुनै लक्षण देखिएको छैन् । अवस्था सामान्य छ । संगै रहेको छोराको जाँच गरियो तर उसलाई कुनै संक्रमण छैन्,’ उनले विवरण दिए ।

फ्रन्टलाइनमा काम गर्नेहरुको नमुना लिएर परीक्षण गर्दा आफूलाई कोरोना पुष्टि भएको उनले सुनाए । केही लक्षण थिएन तर फ्रन्टलाइनमा काम गर्नेको परीक्षण गरौँ न त भनेर जाँच गर्दा मेरो पोजेटिभ आयो उनले भने ।

घरमै आइसोलेट भएर बस्दा कसैलाई पनि कोरोना नसर्ने भन्दै उनले लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा छुट्टै कोठामा बस्न सकिने सुझाव दिए ।

उता प्रदेश नं ५ का सामाजिक विकास मन्त्रालयका स्वास्थ्य प्रमुख डा उमाशंकरप्रसाद चौधरीलाई पनि संक्रमण देखिएको छ । ‘पीसीआर जाँचको नतिजा विहीबार बेलुका आएपछि उनी अहिले घरमै आइसोलेसनमा बसेका छन् । कुनै लक्षण थिएन,’ फ्रन्टलाइनमा खटिएको कारणले एकपटक जाँच गरौँ भनेर गर्दा नतिजा पोजेटिभ आएको उनले सुनाए । अहिले उनी कार्यरत कार्यालयका कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रम शुरु भएको उनले बताए ।

केही दिन अघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तीन जना कर्मचारीलाई पनि विना लक्षण जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुमध्ये केही होम आइसोलेसनमा बसेका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन लक्षण नदेखिएका व्यक्तिहरु होम आइसोलेसनमा बस्नु सुरक्षित रहेको बताउँछन् । ‘खासमा अरु व्यक्तिसंग छुट्टै रहने गरी बस्ने हो । लक्षण नभएका व्यक्तिसंग संक्रमणको सम्भावना पनि न्युन हुन्छ । त्यसैले कोही आत्तिनु पर्दैन्,’ उनले भने ।

उनले घरमा बस्ने अरु सदस्यहरुले संक्रमित व्यक्तिसंग कम्तिमा दुई मिटरको दुरी कायम राख्न, संक्रमित र अन्य दुबै पक्षले मास्क अनिवार्य प्रयोग गर्नुपर्ने बताए । ‘अब संक्रमण बढदो क्रममा देखिएको छ । त्यसैले लक्षण नदेखिएकाहरु घरमा बस्नु ठिक हो,’ उनले भने ।

कोरोना संक्रमितको घर भन्दै व्यानर टाँस्न आएपछि…..

होम आइसोलेसनमा एक साता अघि देखि बसेका डा बगालेलाई संक्रमण भएको कुनै फिल थिएन् । तर शुक्रबार विहानको भने उनले अनौठो सामाजिक व्यवहार भोगे । टोल सुधार समितिका मान्छेहरु कोरोना संक्रमितको घर भनेर तयार पारेको व्यानर बनाएर उनको निवासमा टास्न भन्दै आईपुगेँ । ‘किन यस्तो गरेको  ?’ भन्दा समितिका मान्छेहरुले डा बगालेलाई कोरोना सर्न सक्ने भन्दै सचेत गराउन यस्तो निर्णय गरेको भनेर समेत सुनाए । तर डा बगालले यस्तो व्यवहार गर्नु सामाजिक मूल्यमान्यता र कानून विपरित हो भनेर प्रतिवाद गरेपछि उनीहरु फर्केको सुनाए ।

‘हामी जत्तिको मान्छेलाई त समाजमा यस्तो गरिन्छ । अरुलाई कस्तो होला ? कोरोना संक्रमितहरुले किन आत्महत्यासम्मको निर्णयमा पुग्छन् ? समाजको यस्तै व्यहारले हो । त्यसैले यसमा समाजलाई सचेत गराउनु अत्यन्त जरुरी छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *