भरतपुर अस्पतालका डाक्टर र नर्समा कोरोना संक्रमण

चितवन, ३० साउन । भरतपुर अस्पतालमा कार्यरत चिकित्सक र नर्समा कोरोना संक्रमण देखिएको छ । बिहीबारको पीसीआर परीक्षण नतिजामा अस्पतालको आइसीयूमा कार्यरत एक जना मेडिकल अफिसर र आकस्मिक कक्षमा कार्यरत एक जना नर्समा पोजेटिभ देखिएको हो ।

संक्रमित डाक्टर केही दिन देखि अस्पतालको डिउटीमा नरहेकोले आइसीयू सेवा भने अवरुद्ध भएको छैन् । तर, आकस्मिक कक्षमा कार्यरत नर्स डिउटीमै रहेकाले अहिले सो कक्ष भने सिल गरिएको अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए ।

उनले अस्पतालको आकस्मिक कक्ष निर्मली करण गर्न र संक्रमितसंग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने तथा त्यहाँ कार्यरत केही स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा पठाउन पर्ने भएकोले आज एक दिन सिल गरिएको बताए । यद्धपी बैकल्पिक स्थानबाट सो सेवा दिनका लागि आवश्यक तयारी भइरहेको समेत उनले जानकारी दिए ।

चितवनमा पछिल्ला दिनमा संक्रमितहरुको संख्या बढदो क्रममा रहेको छ । यद्धपी संक्रमितहरुको अवस्था गम्भीर भने नभएको डा अधिकारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *