गण्डकी प्रदेशमा थपिए २१ जना कोरोना संक्रमित

काठमाडौँ, ३० साउन । गण्डकी प्रदेशमा आज थप २१ जनामा कोरोना भाइरस(कोभिड–१९)संक्रमित देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा स्याङ्जा र तनहुँका २ जिल्लाका थप २१ जनामा कोरोना पुष्टी भएको हो । जसमा स्याङ्जाका १ र तनहुँका २० जना रहेका छन् । तीनीहरु मध्ये ६ जना महिला र १५ जना पुरुष छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६८१ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *