पछिल्लो चौबिस घण्टमा थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८३ पुग्यो


काठमाडौँ, २७ साउन । पछिल्लो चौबिस घण्टमा नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना धनुषाका हुन् भने काभ्रे र सिन्धुपाल्चोकका १ / १ जना  हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको बताए ।

मृत्यु हुनेमा धनुषा  विदेह नगरपालिका वडा नं. ८ वस्ने वर्ष ६० का एक पुरुष हुन् । उनको साउन २६ गते राती १०.०० बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । गत साउन ८ गते निमोनिया भई अस्पतालमाको आइसीयुमा भर्ना भएका थिए र  उपचारका क्रममा मृत्यु भएको हो । उनी क्षयरोगीका विरामी समेत थिए ।

त्यसैगरी धनुषाकै मिथिला विहारी नगरपालिका वडा नं. ५ निवासी विनयतारा फाउण्डेशन (क्यान्सर अस्पताल) जनकपुरमा काम गर्ने वर्ष ५० का एक पुरुषको पनि साउन २५ गते कोरोना संक्रमण बाट मृत्यु भएको छ । निजको मृत्यु पश्चात साउन २५ गते स्वाव नमुना संकलन गरी परिक्षण गर्दा साउन २६ गते कोरोना पुष्टी भएको हो । झाडा पखाला लागि अस्पताल आउंदै गर्दा बाटोमा वेहोश भई लडेको र उनलाई अस्पताल पुऱ्याउंदा अस्पतालमा मृत घोषित गरिएको थियो ।

काभ्रे  पांचखाल नगरपालिका वडा नं. १ निवासी ५० वर्षिय एक महिलाको आज किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा मृत्यु भएको छ । निजलाई साउन २५ गते निमोनियाको लक्षण लिई अस्पताल भर्ना गरिएको थियो र स्वाव नमुना संकलन गरि परिक्षण गर्दा साउन २७ गते कोरोना पुष्टी भएको हो । मृतक फोक्सो तथा पित्तथैली सम्बन्धि रोगवाट समेत ग्रसीत भएको बताइएको छ।

त्यसैगरी सिन्धुपाल्चोक वाह्वबिसे नगरपालिका वडा नं. ४ निवासी वर्ष ८४ वर्षका बृद्धको पनि साउन २२ गते मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पताल, महाराजगंजमा मृत्यु भएको हो । निज मुटु तथा मृगौला सम्बन्धि समस्या लिई साउन २१ गते अस्पताल भर्ना भएका थिए र उनको पनि  आज कोरोना पुष्टी भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *