काठमाडौँका २ सहित थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

काठमाडौँ, २६ साउन । पछिल्लो चौबिस घण्टमा नेपालमा काठमाडौँका २ सहित थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको बताए ।

मृत्यु हुनेमा  काठमाण्डौ जिल्ला का. म .न. पा. १०, मध्य ( बानेश्वर वस्ने) ७६ वर्षिय एक पुरुष को मिति २०७७ साउन २६ गते विहान १०:१५ बजे मेडिकेयर अस्पतालमा मृत्यु भएको हो । उनी श्वास प्रश्वासमा कठिनाई तथा जिउ दुख्ने समस्या भएपछि साउन २३ गते राती १०:१५ बजे भेन्टीलेटरमा राखी आइसियुमा उपचाररत थिए ।

निजमा निमोनिया, उच्चरक्तचाप तथा मधुमेहको समस्या रहेको थियो। निजको गत साउन २४ गते स्वाव संकलन गरी परिक्षण गर्दा आज साउन २६ गते कोरोना पुष्टी भएको हो ।

त्यसैगरीअर्का ब्यक्ति काठमाण्डौँकै किर्तिपुर न.पा. ट्याडलाफांट वस्ने ६४ वर्षिय पुरुष हुन् । उनको मिति २०७७ साउन २६ गते विहान ५:४२ वजे मेडिसिटी अस्पतालमा दुखद निधन भएको हो । उनी मृगौलाका दीर्घरोगी निज मिति २०७७ आषाढ ३१ गते निमोनिया तथा सेप्टीक सक भई अस्पताल भर्ना भएका थिए । निजको गत साउन ५ गते कोरोना पुष्टी भएको हो ।

बांके कोहलपुर नगरपालिका वडा नं.२ वस्ने ७० वर्षिया एक महिलाको पनि नेपालगंज मेडिकल कलेज, कोहलपुरमा मिति २०७७ साउन २५ गते दिउंसो ३:१० बजे कोरोना संक्रमणबाट निधन भएकोछ । उनी उच्च रक्तचाप तथा पारालाइसिसकी विरामी थिइन । निज निमोनियां तथा सेप्टीक सक भई गत साउन २३ गते नेपालगंज मेडिकल कलेजमा भर्ना भएको र सोही दिन स्वाव नमुना संकलन गरी भेरी अस्पताल नेपालगंजमा परिक्षण गर्दा साउन २५ गते सांझ बजे कोरोना पुष्टी भएको हो ।

त्यसैगरी पर्सा जिल्ला वेदियाही गाउंपालिका वडा नं. १५ वस्ने वर्ष ४५ की एक महिलाको मिति २०७७ साउन २५ गते विहान ४:०० बजे नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा दुखद निधन भएको छ । उनी उच्च रक्तचाप तथा हाइपोथाइराडिजमकी विरामी निजमा श्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । मृत्यु पश्चात साउन २५ गते स्वाव नमुना संकलन गरी परिक्षण गर्दा निजमा कोराना पुष्टी भएको हो ।

यो संगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *