काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण

0
Shares

काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ ३६ जना र ललितपुर तथा भक्तपुरमा ४ ४ जनामा नयाँ संक्रमण देखिएको जानकारी दिए ।

डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा काठमाडौँका १२ जना र ललितपुरका एक जनामा संक्रमण देखिएको हो ।

यस्तै टेकु अस्पताल प्रयोगशालामा काठमाडौँका ६ जनामा संक्रमण देखिएको हो । यस्तै नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ८ जना, ललितपुर र भक्तपुरका एक एक जनामा संक्रमण देखिएको छ ।

स्टार अस्पताल सानेपा प्रयोगशालामा काठमाडौँका ८ जना, ललितपुरका २ जना र भक्तपुरका ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै वीध प्रयोगशाला र ह्याम्स अस्पताल प्रयोगशालामा थप एक एक जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो चौविस घण्टामा ३३८ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधीमा १४० जना डिस्चार्ज भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *