मेडिसिटीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २६ साउन । भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ६४ बर्षीय पुरुषको आज विहान पौने छ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. खगेश्वर गेलालका अनुसार मधुमेहका बिरामी उनलाई निमोनियाको लक्षण देखिएपछि गत १५ साउनमा मेडिसिटी भर्ना गरिएको थियो । उनमा पीसीआर परीक्षण गर्दा १९ साउनमा पोजेटिभ आएको थियो । उनी काठमाडौँ ट्याङलाफाँटका बासिन्दा थिए ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ । ललितपुरकै विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या यो सहित ११ पुगेको डा. गेलालले जानकारी दिए ।

ललितपुरमा अहिलेसम्म १५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *