चौबिस घण्टामा देशभर थपिए ३८० जना कोरोना संक्रमित, संक्रमितको संख्या २२ हजार ९७२

  • पछिल्लो २४ घण्टामा थप ४० जना डिस्चार्ज
  • - नेपाली हेल्थ

    काठमाडौँ, २५ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप ३८० जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका ३७ वटा प्रयोगशालामा ७ हजार ७८८ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३८० जनामा संक्रमण देखिएको बताए ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ४० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ३५३ पुगेको छ ।

    हालसम्म ४ वटा जिल्लामा ५ सय भन्दा बढी संक्रमित छन् भने संक्रमित सून्य भएको जिल्ला ७ रहेको छ । देशभरका क्वारेनटिनमा ११ हजार ३८ जना रहेका छन् ।

    त्यसैगरी हालसम्म नेपालमा  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।


    Facebook Comment


    थप समाचार