स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण

16
Shares

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालय उच्च स्रोतका अनुसार तीन जना कार्यालय सहयोगी र एक जना सवारी चालक भएको बुझिएको छ ।

गत शुक्रबार मन्त्रालयमा कार्यालय सहयोगी तथा सवारी चालक समेत गरी ८४ जनाको नमूना संकलन गरिएको थियो । ती मध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण देखिएका कार्यालय सहयोगीहरुले मन्त्रालयका उच्च अधिकारीहरुलाई चिया खाजा खुवाउने कार्यमा सम्लग्न थिए ।

संक्रमण देखिएपछि अब उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरी अन्य कर्मचारीहरुलाई क्वारेन्टिनमा राख्ने र नमूना लिने तयारीमा मन्त्रालय रहेको बुझिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *