काठमाडौँमा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौँ, २४ साउन । पछिल्लो चौविस घण्टामा काठमाडौँमा थप ६२ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ५६ जना, भक्तपुरमा ३ र ललितपुरमा ३ गरी कुल ६२ जनामा संक्रमण देखिएको बताए ।

डा गौतमका अनुसार नेपाल कोरियामैत्री अस्पतालमा भक्तपुरको ३ जना र पाटन अस्पतालमा ललिपतुरको ३ जना बाहेक बाँकी काठमाडौँका हुन् । उनका अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४ जना, वीर अस्पतालमा १ जना, पाटन अस्पतालमा ५ जना, स्टार अस्पताल ललितपुरमा १२ जना र त्रिवि शिक्षण अस्पतालमा एक जना काठमाडौँका संक्रमित हुन् ।

यस्तै वीध अस्पतालमा २ जना र प्रहरी अस्पतालमा देखिएका २९ जना पनि काठमाडौंका हुन् ।

पछिल्लो चौविस घण्टामा देशभर नयाँ संक्रमितको संख्या ३७८ रहेको छ । डिस्चार्ज हुनेको संख्या ४९९ रहेको छ । पछिल्लो चौविस घण्टामा यो भाइरसबाट ३ जनाको ज्यान गएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *