वीर अस्पतालका अर्का चिकित्सकमा पनि कोरोना पुष्टि, अस्पतालका ३५ जनालाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २३ साउन । शुक्रबार विहान वीर अस्पतालका अर्का चिकित्सकमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण देखिएको छ । यसअघि विहीबार मात्रै वीरका एक चिकित्सकमा कोरोना पुष्टि भएको थियो ।

शुक्रबार कोरोना पुष्टि भएका चिकित्सक अस्पतालका इमरजेन्सी विभागमा कार्यरत हुन् । दुई तीन दिन देखि ज्वरो आएर घरमै आराम गरेका उनको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले पुष्टि गरे ।

उनले शंक्रमित डाक्टरमा लक्षण देखिएकाले अस्पतालमै ल्याएर उपचार गर्ने तयारी भएको जानकारी दिए ।

यसअघि विहीबार इन्टरनल मेडिसिन विभागका एक जना चिकित्सकलाई संक्रमण देखिएको थियो ।

वीरका चिकित्सक नर्स सहित ३५ जना स्टाफ क्वारेन्टिनमा
अस्पतालमा उपचारत विरामी र उपचार गर्ने चिकित्सकमा कोरोना देखिएपछि वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्स, प्यारामेडिक्स तथा स्वीपर गरी ३५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

अस्पतालले आफ्ना स्टाफका लागि सुन्धारामा एक गेष्ट हाउस भाडामा लिएर अस्थायी क्वारेन्टिन बनाएको छ । ‘हिजो १० भनिएको थियो तर अहिले संख्या ३५ पुगिसक्यो,’ निर्देशक डा सेन्चुरीले भने, ‘यसमा चिकित्सक, नर्स, प्यारामेडिक्स तथा स्वीपरहरु रहेका छन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *