पछिल्लो चौविस घण्टामा देशभर थपिए ३८१ जना कोरोना संक्रमित, १३० जना डिस्चार्ज

  • चार जिल्लामा ५०० बढी संक्रमित, ७ जिल्लामा एक्टीभ संक्रमण सून्य
  • - नेपाली हेल्थ

    काठमाडौँ, २१ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप ३८१ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ३५९ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३८१ जनामा संक्रमण देखिएको बताए ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप १३० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १५ हजार १५६ पुगेको छ ।

    चार जिल्लामा ५०० बढी संक्रमित छन् भने ७ जिल्लामा एक्टीभ संक्रमण सून्य छ । देशभरका क्वारेनटिनमा ९ हजार ९२५ जना रहेका छन् ।

    नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।


    Facebook Comment


    थप समाचार