थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ,  २१ साउन । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज १५ निवासी ४६ वर्षीय पुरुषको आज मृत्यु भएको हो।

ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई राति ९ बजे अस्पताल भर्ना गरिेएको थियो। उनको बुधबार बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. मदन उपाध्यायले जानकारी दिए।

उनको साउन १८ गते नमुना संकलन गरिएको थियो र १९ गते कोरोना पोजेटिभ आएको थियो।

त्यसैगरी वीरगञ्ज नेशनल मेडिकल कलेज लैजाँदै गर्दा गत सोमबार १८ वर्षीया महिलाको पनि मृत्यु भएको थियो र उनीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *