देशभर थपिए २५९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २१ हजार नाघ्यो

  • पछिल्लो २४ घण्टामा थप ६५ जना डिस्चार्ज , कुल संख्या १५ हजार २६
  • - नेपाली हेल्थ

    काठमाडौँ, २० साउन । पछिल्लो चौविस घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ७ हजार ६८७ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २५९ जनामा संक्रमण देखिएको बताए ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ६५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १५ हजार २६ पुगेको छ ।

    तीन जिल्लामा ५०० बढी संक्रमित छन् भने ४ जिल्लामा एक्टीभ संक्रमण सून्य छ ।

    नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।


    Facebook Comment


    थप समाचार