काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण


काठमाडौँ, १८ साउन । काठमाडौँ, १८ साउन । काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा २६ जना, ललितपुरमा ४ जना र भक्तपुरमा एक जनामा संक्रमण देखिएको हो ।

डा गौतममा अनुसार राष्ट्र्यि जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका ११, ललितपुरका ४ जना, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा काठमाडौँका ८ जना, त्रिवि शिक्षण अस्पतालमा काठमाडौँकै १ जनामा संक्रमण देखिएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालमा काठमाडौँका २ जना जना, स्टार अस्पतालमा ललितपुरका ३ जनामा संक्रमण देखिएको छ । यस्तै वीर अस्पतालमा ललितपुरका १ जना र नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो चौविस घण्टामा देशका अन्य प्रयोगशालाको रिपोर्ट समेत कुल २४६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चौविस घण्टामा डिस्चार्ज हुनेको संख्या १११ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *