चौविस घण्टामा देशभर थपिए २२४ जना कोरोना संक्रमित, संक्रमितको संख्या १९ हजार ७७१

 

काठमाडौँ, १६ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप २२४ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ७६८ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २२४ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ७७१  पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १५१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ३९९ पुगेको छ ।

त्यसैगरी देशभरका बिभिन्न क्वारेनटिनमा १२ हजार १११ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमले आज एक कोरोना संक्रमितको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । ललितपुर निवासी ६५ वर्षीया महिलाको शुक्रबार बिहान निधन भएको हो । उनी मधुमेह र प्रेसरको बिरामी थिइन् ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *