काठमाडौँमा बिहीबार रातीसम्म थपिए ७० जना कोराना संक्रमित, अधिकांश तराईबाट आएका


काठमाडौँ, १६ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडोँ, भक्तपुर र ललितपुरमा गरी थप कोरोना संक्रमितको संख्या ४५ भएको जानकारी दिएका थिए । तर राती सो संख्या बढेर ७० पुगेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का अनुसार उपत्यका तीन जिल्लामा देखिएका यी संक्रमितहरु अधिकांश तराईबाट आउनेहरु हुन् । केही त्यसमा केही भारतीय नागरिक समेत छन् ।

इडिसीडीका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार ७० मध्ये ६५ जना उपत्यका बाहिरबाट काठमाडौँ भित्रिएकाहरु हुन् । त्यसमा प्रदेश नं २ को बारा पर्सा, महोत्तरी र रौतहट लगायतका जिल्लाका मात्रे ४५ भन्दा बढी छन् ।

‘झण्डै दर्जन हाराहारीमा भारतीय नागरिक पनि छन् । लकडाउन खुलेपछि काम गर्न भन्दै लुकेर नेपाल छिरेकाहरु हुन् । बिहीबारको केही संक्रमितहरु नेपाल प्रहरीको प्रधान कार्यालयमा कन्ट्याक्ट टेसिङ परेकाहरु पनि छन् । करीब पाँच छ जना प्रहरी थपिएका छन्,’ कोइरालालले भने ।

उनले केही साँगा, नागढुंगा र फर्पिङको नाकामा स्वाब दिएकाहरु, केही लक्षण देखिएर आफै जाँच गराउन गएकाहरु र केही अस्पतालमा उपचार गराएकाहरु भएको समेत प्रष्ट्याए ।

‘लकडाउन खुलेसंगै काठमाडौ भित्रिनेको लर्को छ । विना परीक्षण यसरी आएकाहरुबाट उपत्यकाको अवस्था खतराउन्मोख छ ।त्यसैले राज्यले अहिलेको खुलापनलाई नियन्त्रण गर्नैपर्छ । यहि अवस्थामा छाडिदिने हो भने स्वास्थ्यकर्मीले कन्ट्याक्ट टेसिङ गरेर सक्ने अवस्था हुँदैन,’ कोइरालाले भने ।

उनले अहिले अवस्था गम्भीर मोडमा पुगेको भन्दै उपत्यका आउनका लागि निरुत्साहित गर्नुपर्ने अवस्था देखिइसकेको बताए । ठूलो जनघनत्व भएको उपत्यकामा संक्रमण फैलिएमा नियन्त्रण हुन् गाह्रो हुने जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *