काठमाडौँ उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण


काठमाडौँ, १५ साउन । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४५ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा उपत्यकामा थप ४५ जनामा संक्रमण देखिएको बताए ।

जसमा काठमाडौँका ४१ जना, ललितपुरका २ जना र भक्तपुरका २ जना रहेका छन ।

पछिल्लो चौविस घण्टामा देशभर थप २७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *