गण्डकी प्रदेशमा थपिए ३८ जना कोरोना संक्रमित


काठमाडौँ, १५ साउन । गण्डकी प्रदेशमा आज थप ३८जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा  गरिएको नमुना परिक्षणमा थप नयाँ ३८ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा ६ जिल्लाका रहेका छन् । जसमा स्याङ्जाका ११ जना, वागलुङका ६ जना, तनहुँका ३ जना, नवलपरासीका १ जना, लमजुङका ३ जना, र कास्कीका १४ जना रहेका छन् ।

संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४७९ पुगेको छ । यसैगरी  निको हुनेको संख्या १ हजार २३० पुगेको

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *