कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

वीरगञ्ज, ९ साउन । नेपालमा कोरोना संक्रमणबाट आज थप एकको मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिए ।
डा. सिंहका अनुसार केही दिनअघि निमोनिया भएर एडभान्स अस्पतालमा भर्ना भएकी उनी मुटुको रोगी थिइन् ।
साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक कोभिड अस्पतालमा ल्याइएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



