स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ राष्ट्रिय शिखर सम्मेलन भोलिबाट शुरु

काठमाडौँ, २१ असार ।  स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन सोमबारबाट शुरु हुँदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा हुने उक्त सम्मेलन यसपटक भर्चूअल (जुम सफ्टवेर) माध्यमबाट हुने भएको हो ।

विहान ९ बजे परिषदको सभालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्मेलनको उदघाटन गर्नेछन् ।

परिषदका कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले यसबर्षको सम्मेलनको नारा अन्तर विषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरुको सम्वोधन भन्ने तय भएको बताए । उनले २२ र २३ असार गरी दुई दिन चल्ने सम्मेलनमा यसपटक ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटा पोस्टर प्रस्तुतिकरण हुने जानकारी दिए ।

सम्मेलनमा जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य समता र विकास, कोभिड १९, नसर्ने रोग, मातृ स्वास्थ्य , बाल स्वास्थ्य र किशोर किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, जैविक स्वास्थ्य लगायतका २ सय ५२ वटा अनुसन्धानसम्बन्धी एब्स्ट्याक्ट परेका थिए। ती मध्ये ८६ वटा मात्र छनौटमा पर्न सफल भएको परिषदले जनाएको छ ।

परिषदले प्रस्तुत भएका मौखिक प्रस्तुतिकरण र पोष्टर प्रस्तुतिकरण मध्येबाट एक एक जनालाई उत्कृष्ट प्रस्तुतिकरण अवार्ड प्रदान गर्नेछ । यसैगरी परिषदको जर्नलमा एक वर्षभरी प्रकाशित आर्टिकल मध्ये उत्कृष्ट आर्टिकललाई दुर्गादेवी ज्ञवाली स्पोन्सर्ड जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार २०२० प्रदान गरिनेछ ।

यसका सथै उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार २०२० , मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरुष्कार र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगेका १ जना स्वास्थ्य वैज्ञानिकलाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्धारा सम्मानित गरिने छ । यसका साथै वर्षभरी परिषदमा उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई बेस्ट पर्फमेन्स अवार्ड पनि प्रदान गरिनेछ ।

परिषद्ले आफ्नो स्थापना दिवसको अवसर पारी हरेक बर्ष १० देखि १२ अप्रिलमा यो सम्मेलन गर्दै आएको थियो । यसपटक कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै देशमा जारी लकडाउनका कारण गत २८ देखि ३० चैत १० देखि १२ अप्रिल)का लागि तय भएको यो सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *