शल्यक्रिया पछि कोरोना संक्रमण पुष्टि भएका डेढ महिने शिशुको मृत्यु

0
Shares
फाइल फोटो

काठमाडौँ, १८ असार ।   शल्यक्रिया पछि कोरोना पुष्टि भएका डेढ महिने शिशुको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार राती उनको मृत्यु भएको हो ।

म्याग्दी स्थायी घर भई उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएका उक्त शिशुलाई स्वास प्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए ।

शल्यक्रिया गर्नु अघि उनीहरुले शिशुको थ्रोट स्वाब झिकेर कोरोना परीक्षणका लागि पठाएका थिए । मंगलबार उक्त शिशुको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालका ‘कोभिड – १९’ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले शिशुलाई श्वासप्रश्वासमा समस्या रहेको जानकारी दिए।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *