कोरोना संक्रमणबाट स्याङ्जाका ५५ बर्षीय पुरुषको मृत्यु
पोखरा, ११ असार । कोरोना संक्रमणबाट बुधबार स्याङ्जाका ५५ बर्षीय पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसियुमा गत ८ असारमा भर्ना भएका स्याङ्जा शिरुवारीका पुरुषको मृत्यु भएको हो ।
अस्पतालका निर्देशक प्राडा अर्जुन आचार्यका अनुसार मृत्यु भएका व्यक्तिमा कोभिड १९ को संक्रमण साथै गम्भीर खालको निमोनिया र मधुमेहको समस्या थियो । उनको गयराती ११३५ मा निधन भएको हो ।
यो संगै देशमा कोरोना भाइरसबाट देशमा निधन हुनेको संख्या २५ पुगेको छ ।
यसैबीच गण्डकी प्रदेशमा विहीबार थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा नवलपरासी पूर्व मध्यविन्दु नगरपालिकाको एक जना पुरुष र एक महिला गरी २ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै प्रदेश क्षयरोग केन्द्र पोखरामा परीक्षण गर्दा म्याग्दीका ६ जना, स्याङ्जा कालिगण्डकी गाँउपालिका का १ जना पुरुष र बागलुङ गल्कोट गाँउपालिकाका २ जना पुरुषमा संक्रमण देखिएको हो । यो संगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७५३ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]