देशभर थपिए ५३८ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १० हजार ९९

  • डिस्चार्ज हुनेको कुल संख्या २ हजार २१८
  • - नेपाली हेल्थ

    काठमाडौँ, ९ असार । पछिल्लो चौविस घण्टामा देशभर थप ५३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ५३८ जनामा संक्रमण देखिएको बताए ।

    यो संगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७६रहेका छन् । अहिलेसम्म देशभरका जिल्ला मध्ये रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिएको छैन ।

    पछिल्लो २४ घण्टामा थप ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा ६८ जना पुरुष र ८ जना महिला छन् ।

    यो सहित डिस्चार्ज हुनेको कुल संख्या २ हजार २१८ पुगेको छ। जसमा १८९ जना महिला र २ हजार ३५ जना पुरुष रहेका छन् ।

    त्यैगरी देभरका अस्पतालको आइसोलेशनमा ७ हजार ८५१ जना उपचाररत छन् ।

    आज थप एकको मृत्यु भएसंगै मृतकको संख्या २४ पुगेको छ ।


    Facebook Comment


    थप समाचार