आइसोलेसनबाट भागेका ११ जना संक्रमितलाई प्रहरीले फर्कायो

0
Shares

डडेल्धुरा, ६ असार । डडेल्धुराको परशुराम नगरपालिका–१२ मा रहेको शिद्धनाथ आधारभूत विद्यालयको आइसोलेसनबाट भागेका ११ जना कोरोना संक्रमितलाई प्रहरीले फर्काएको छ ।

विद्यालयमा बनाइएको आइसोलेसन व्यवस्थित नभएको भन्दै उनीहरु भागेका थिए । आइसोलेसनबाट निस्केर झण्डै आधा किलोमिटर पर पुगेका उनीहरुलाई प्रहरीले सम्झाई बुझाई गरी फर्काएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

यसअघि सोही नगरपालिकाको वडा नं ५ मा स्थित क्वारेन्टिनमा रहेका उनीहरुलाई उनीहरुमा शुक्रवार कोरोना परीक्षण पोजेटिभ आएपछि शिद्धनाथ आधारभूत विद्यालयमा बनाइएको आइसोलेसनमा राखिएको थियो ।

शनिबार दिनभरि आफूहरुलाई भोकै राखेको र अन्य सेवा सुविधा समेत नभएको भन्दै उनीहरु हडताल गरी निस्केका थिए ।

‘आज नगरपालिकाको सभा थियो । स्थानीय अधिकारीहरुले ध्यान दिन पाएनछन् । त्यसैमा चित्त नबुझाएका संक्रमितहरु घरमै आइसोलेसनमा बस्छौँ भनेर निस्किनु भएको रहेछ । प्रहरीले सम्झाई बुझाई गरी फर्कायो । अहिले समस्या समाधान भइसक्यो,’ प्रजिअ पन्तले भने ।

यसअघि पनि डडेल्धुरा अस्पतालबाट दुई जना संक्रमित भागेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *