पछिल्लो चौविस घण्टामा देशभर थपिए ५८६ जना कोरोना संक्रमित

0
Shares

काठमाडौँ, ३ असार । पछिल्लो चौविस घण्टामा देशका विभिन्न जिल्लाका थप ५८६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ५८६ जनामा संक्रमण देखिएको बताए ।

यो संक्रमणको संख्या एक दिनमा देखिएको अहिलेसम्मकै बढी हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । जसमा ५३९ जना महिला र ६ हजार ६३८ जना पुरुष छन् । मन्त्रालयका अनुसार संक्रमितहुने जिल्लाहरु ७३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ९ जना पुरुष उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११६७ पुगेको छ। जसमा महिला ११२ र १ हजार ५५ जना पुरुष छन् ।

अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ।

आज प्रदेश नं २ र ५ मा सर्वाधिक संख्यामा कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

यसअघि मंगलबार (हिजो) ३८० जनामा कोरोना संक्रमण देखिएको थियो । आइतबार र सोमबार भने संक्रमितको संख्या क्रमश ४२५ जना र ४५१ जना थियो ।

त्यसैगरी देशका बिभिन्न अस्पतालका आईसोलेसना ५ हजार ९९० जना उपचाररत छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *