पछिल्लो चौविस घण्टामा देशभर थपिए ४५१ जना कोरोना संक्रमित

0
Shares

काठमाडौँ, १ असार । पछिल्लो चौविस घण्टामा देशका विभिन्न जिल्लाका थप ४५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले ३५ जना महिला र ४१६ जना पुरुष गरी कुल ४५१ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु बारा, पर्सा,काठमाडौै, ललितपुर, बारा, महोत्तरी मोरङ, सुनसरी, झापा, दैलेख, सुर्खेत, रोल्पा, रुकुम , दाङ, कैलाली, गुल्मी, नवलपरासी , पाल्पा रुपन्देही, लगायतका ७३ जिल्ला रहेका छन् ।

प्रवक्ता डा गौतमले पछिल्लो चौविस घण्टामा ६७ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको बताए ।

डिस्चार्ज हुनेमा ६ महिला ६० जना पुरुष रहेका छन् । आजको डिस्चार्ज संगै कोरोना जितेर डिस्चार्ज हुनेको १ हजार ११४ संख्या पुगेको छ ।

डिस्चार्ज हुनेमध्ये पुरुष ९३७ र महिला १०४ जना रहेको समेत उनले जानकारी दिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *