कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमण

0
Shares

सुर्खेत, २३ जेठ । कर्णाली प्रदेशमा आज थप एक सय जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ९७ जना र प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा थप ३ गरी एक सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखमा ९१ जना, जुम्लामा ३ जना, हुम्लाका १ जना, दोलखा, रामेछाप, गोरखाका एक एक जनामा संक्रमण देखिएको हो ।

यस्तै दैलेख सुर्खेत र जाजरकोटका एक एक जनामा पनि संक्रमण देखिएको छ । कुल एक सय मध्ये ९९ पुरुष हुन भने महिलाको संख्या एक रहेको छ ।

यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४८९ पुगेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *