त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २१ जेठ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। दोलखा स्थायी घर भएका ७६ वर्षीय पुरुषको आज दिउसो ३ : ५५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्राडा प्रेम खड्गाले बताए । उनी गत १४ जेठ देखि त्रिवि शिक्षण अस्पतालका आईसियूमा उपचाररत थिए ।

यो सहित नेपालमा कोरोना संक्रमण देखिएका ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार  नेपालमा हालसम्म २३०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ९ सय २४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म २ लाख ६ सय ४६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८० हजार २ सय ६७ जनाको पिसिआर र १ लाख २० हजार ३ सय ७९ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए।

बुधबार २ सय १ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । जसमध्ये २ सय ७८ जना उपचारपछि डिस्चार्ज भएका छन् । मृतकको संख्या ९ पुगेको छ । बुधबार १२ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *