स्याङ्जाको चापाकोटमा ४ सहित गण्डकी प्रदेशमा थपिए १० जना कोरोना संक्रमित

पोखरा, २० जेठ । स्याङ्जाको चापाकोटमा ४ सहित गण्डकी प्रदेशमा मंगलबार विहान १० जनामा कोरोना भाइरस ( कोभिड – १९)को संक्रमण देखा परेको छ ।

गण्डकी प्रदेश अन्तरर्गतको स्वास्थ्य निर्देशनालयले मंगलबार (आज ) विहान ५ : ४५ मा अद्यावधिक गरेको नयाँ विवरणमा स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र सोही जिल्ला बिरुवा गाउँपालिका ठेगाना भै सोही पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २० का १ जना पुरुष गरि जिलामा कुल ५ जनामा कोरोना संक्रमण भएको उल्लेख छ ।

यसैगरी पर्बत जिल्ला, फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २० र ४० का २ जना पुरुष र सोही जिल्ला महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १९, २० र २१ का ३ जना पुरुषमा समेत गरि जिल्लामा कुल ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको समेत निर्देशनालयले उल्लेख गरेको छ ।

निर्देशनालयका प्रमुख डा विनोदविन्दु शर्माद्धारा जारी विज्ञप्तीमा नयाँ संक्रमित सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको उल्लेख छ ।

आज थपिएका १० सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *