सप्तरीमा दुई प्रहरीमा देखियो कोरोना, प्रदेश २ मा संक्रमित प्रहरीको संख्या १३ पुग्यो

0
Shares

सप्तरी, १५ जेठ । बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा खटिएका थप एक प्रहरीमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । बुधबार मात्र सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता मावि कुशहाको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत २९ वर्षीय प्रहरी सहायक निरीक्षकमा संक्रमण पुष्टि भएको थियो ।

प्रदेश नं २ मा कोरोना संक्रमित प्रहरीको सङ्ख्या १३ पुगेको छ । सबैभन्दा बढी बारामा सात प्रहरी संक्रमित देखिएका छन् । सप्तरी, सिरहा र धनुषामा दुईदुई प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *