स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई भन्यो- ‘आधा जनशक्ति रिजर्व राखेर सेवा सुचारु गर्नु’

काठमाडौँ, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधा जनशक्ति रिजर्व राखेर सेवा सूचारु गर्ने व्यवस्था मिलाउन देशभरका अस्पतालहरुलाई अनुरोध गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र सेवालाई सूचारु गर्न यस्तो अनुरोध गरेको हो ।

एकैपटक सबै जनशक्ति अस्पतालमा आउँदा एक जनालाई संक्रमण देखियो भने सबै क्वारेन्टाइनमा बस्न पर्न सक्ने सम्भावनालाई मध्येनजर गर्दै यस्तो निर्णय लिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

सोमबार गरिएको सचिवस्तरीय निर्णय अनुसार सबै अस्पतालहरुलाई उपलव्ध जनशक्तिलाई दुई समूह बनाई आलोपालो ड्युटी लगाई सेवालाई निरन्तरता दिन भनिएको छ ।

कोभिड १९ रोकथाम व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी तथा सहयोगीहरु संक्रमित हुन गई सेवा प्रवाह निरन्तरता दिन कठिनाई हुन सक्ने हुँदा सबै अस्पतालहरुले कुल जनशक्तिलाई दुई भागमा बाढने, एउटा टोलीलाई एक साता र अर्को टोलीलाई अर्को साता गरी आलो पालो ड्युटी लगाई सेवाको निरन्तरताको सुनिश्चितता गर्न अनुरोध छ मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदा अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आधा कर्मचारीहरुलाई मात्रै डिउटीमा बोलाई आलोपालो पद्धती लागू गरेको छ । यस्तै धेरैवटा अस्पतालहरुले यसैगरी डिउटी मिलाउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *