गोरखा : बालकमा डेङ्गु सङ्क्रमण

0
Shares


गोरखा, ८ जेठ । गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेलमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । मसेलस्थित खागिथोकका १४ वर्षीय बालकमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका महामारीसम्बन्धी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।

बालकलाई अत्यधिक ज्वरो आएपछि चैत ६ गते अस्पताल भर्ना गरिएकामा डेङ्गुको शङ्का लागेर परीक्षण गर्दा सङ्क्रमणको पुष्टि भएको उनले बताए । सङ्क्रमित बालकको सम्पर्कमा आएका अन्यमा भने डेङ्गु रोगको लक्षण नदेखिएको उनको भनाइ छ । वैशाख ३१ गते बालकलाई डेङ्गु सङ्क्रमणको पुष्टि भएको अर्यालले बताए ।

स्वास्थ्य कार्यालय गोरखाले थप व्यक्तिमा अहिलेसम्म सङ्क्रमण नदेखिए पनि सचेतता अपाउन भने सबैलाई आग्रह गरेको छ । गोरखा जिल्लामा पछिल्लो समय डेङ्गुको सङ्क्रमण देखिन थालेको कार्यालयले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *