त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण

42.2k
Shares
फाइल फोटो

काठमाडौँ, १ जेठ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एक जना विरामीमा कोरोना संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा गत मंगलबार भर्ना गरिएकी  ६ बर्षिया बालिकामा कोरोना संक्रमण देखिएको हो ।

स्रोतका अनुसार कपिलवस्तुबाट उपचारका लागि काठमाडौँ ल्याइएको थियो । ति बालिका ईएनटी सम्वन्धी विरामी हुन् । तर इएनटी विभागलाई कोभिड युनिट बनाएका कारण उनलाई न्युरो सर्जरी वार्डमा राखेर उपचार गरिएको थियो ।

अस्पतालले यसबारेमा अधिकारिक धारणा राखिसकेको छैन् । अस्पतालका निर्देशक प्राडा प्रेम खड्गाले त्यहि विषयमा बैठक हुँदै गरेको र केही बेरमा आधिकारिक जानकारी दिने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *