पीसीआर र आडीटीबाट साढे १९ हजारमा कोरोना परीक्षण, संक्रमित १६ जना

काठमाडौँ, ४ बैशाख । कोरोना भाइरसको संक्रमण रोक्ने अभियानमा लागेको सरकारले पछिल्ला दिनमा परीक्षणको दायरा बढाएको बताएको छ । शुरुवाती समयमा संकास्पद व्यक्तिको रियलटाइम पीसीआरबाट परीक्षण गरेको सरकारले पछिल्लो समय रयापीड डाइग्नोस्टिक टेष्ट –आरडीटी)बाट परीक्षण थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर र आरडीटीबाट १९ हजार ४३२ जनाको परीक्षण भएको छ । त्यसमध्ये ७ हजार २४० जनाको रियलटाइम पीसीआरबाट परीक्षण गरिएको छ भने आरडीटीबाट १२ हजार १९२ जनाको परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३६९ जनाको पीसीआरबाट र ३ हजार २६३ जनाको आरडीटीबाट परीक्षण भएको छ ।

उनले आरडीटीको परीक्षण देशका आठ जिल्ला बाहेक अरु ६९ वटा जिल्लामा परीक्षण भएको बताए । आरडीटी परीक्षण शुरु नभएका जिल्लाहरुमा ताप्लेजुङ, डोल्पा, रुकुम पूर्व, इलाम, खोटाङ, मनाङ, ओखलढुंगा, सोलुखुम्बु रहेका छन् ।

पीसीआर पनि अहिले देशका सातवटै प्रदेश विभिन्न १३ वटा स्थानबाट भइरहेको छ । कतिपय स्थानमा पोर्टेवल मेसिनबाट भएको छ भने कतिपय ठाउँमा ठूलो क्षमताको प्रयोगशालाबाट नै हुने गरेको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । त्यसमध्ये १ जना भने निको भएर घर फर्किसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *