कोरोनाविरुद्धको अभियानमा ५० हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिँदै

काठमाडौँ, २३ चैत । सरकारले कोरोना भाइरस (कोभिड१९) विरुद्धको अभियानमा ५० हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । कोभिड – १९ नियन्त्रण तथा रोकथाम सम्वन्धी उच्चस्तरीय समितिको आइतबार बसेको १७ औँ बैठकले यस्तो निर्णय गरेको हो ।

यसरी खटिने स्वयंसेविकाको पारिश्रमिक र बीमाको व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव तथा समितिका सदस्यसचिव नारायण बिडारीले बताए।

बैठकले विपद् र माहामारीको समय भएकाले औषधि, उपकरणको खरिद सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार जिटुजीबाट विदेशी सरकारबाट किन्न सक्ने र कानुनमा तोकिएकै प्रावधानअनुसार प्रतिस्पर्धात्मक बाटोबाट निजी क्षेत्रबाट खरिद गर्न सक्ने गरी दुवै विकल्प अवलम्बन गर्ने निर्णयसमेत गरेको छ।

यस्तै बैठकले क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य परीक्षणपछि मात्रै घर पठाउने निर्णय गरेको छ । यसअघि १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि लक्षण नदेखिएको अवस्थामा त्यतिकै घर पठाउने गरेको थियो ।

सरकारले यसअघि नै कोभिड-१९ को उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको २५ लाख वीमा गर्ने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *