कोभिड – १९ को पाँचौँ संक्रमितको दोस्रो परीक्षण रिपोर्ट पोजेटिभ

काठमाडौँ, २१ चैत । कोरोना भाइरस (कोभिड – १९)को पाँचौँ संक्रमित बाग्लुङकी १७ बर्षीया किशोरीको दोस्रो पटक परीक्षणमा नतिजा नेगेटिभ आएन ।

‘थ्रोट स्वाव झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विहीबार उनको परीक्षण गरिएको थियो । तर रिपोर्ट पहिलो परीक्षणको जस्तै आइदियो,’ प्रयोगशाला स्रोतले भन्यो ।

रिपोर्ट नेगेटिभ नआएपछि उनको उपचार लम्बिएको छ । बेल्जियमबाट कतारको दोहा हुँदै गत ४ चैतमा नेपाल फर्केकी ती किशोरीमा कोरोना भाइरस संक्रमण भएको गत १५ चैतमा पत्ता लागेको थियो । कतारबाट काठमाडौँ आएको उडानको अर्की यात्रु काठमाडौँकी एक युवतीमा भाइरस संक्रमण भएको भेटिएपछि सोही विमानमा आएकी बाग्लुङकी ती किशोरीको परीक्षण गरिएको थियो ।

अहिले उनीसंग सोही उडानमा आएकी ६५ बर्षीया अर्की बृद्धामा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

प्रयोगशाला स्रोतले अव फेरी केही दिनमा ती किशोरीको तेस्रो पटक परीक्षण हुने बताएको छ ।

पोखरामा संक्रमित भेटियो भन्ने हल्लाको बास्तविकता के हो त ?
शुक्रबार दिउसो एकाएक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको पोर्टेवल पीसीआर मेसिनले एक जनामा कोरोना भाइरस पोजेटिभ देखायो भन्ने खबर आयो । धेरै सञ्चारमाध्यमले गण्डकी प्रदेशका मन्त्री किरण गुरुङलाई उदृत गर्दै सातौँ केश भएको खबर छापे ।

उनीहरुले मात्रै होइन गण्डकी प्रदेशका मुख्य मन्त्री कार्यालयको वेवसाइटमा समेत संक्रमितको संख्या ७ पुगेको बताइएको थियो ।
तर जब सवा ४ बजे स्वास्थय मन्त्रालयको नियमित कोरोना अपडेट लिएर प्रवक्ता डा विकास देवकोटा आए उनले नयाँ केश नभेटिएको पुष्टि गरे ।

उनले पोखरामा केस भेटिएको भन्ने हल्ला निराधार रहेको बताउँदै केही शंकास्पद केशलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याएर थप परीक्षण गरिने भन्ने उल्लेख गरे । त्यो केशको हकमा पोखरामा पोजेटिभ भएर काठमाडौँ ल्याइएको हो वा होइन भन्नेमा स्पष्ट थिएन ।

तर बास्तविकता भने यस्तो रहेछ ।

‘पोखरामा जाँच गरिएकी एक भारतबाट आएकी महिलाको रिपोर्टमा शंकास्पद जस्तो देखिएपछि त्यहाँका प्राविधिकले थप स्पष्टताका लागि काठमाडौँ पठाएका थिए । त्यहाँ पोजेटिभ नै हो भन्ने जस्तो कुरा चुहिएछ । तर उनीहरुले यहाँ स्पाम्पल पठाईसकेका थिए । यहाँ जाँच भयो र नेगेटिभ आयो । त्यसपछि मन्त्रालयका प्रवक्ताले ढुक्कसंग नयाँ केश थपिएको छैन् भन्न पाएका हुन्,’ विभाग स्रोतले भन्यो ।

अहिलेसम्म नेपालमा ६ जना संक्रमितमध्ये २ जना काठमाडौँ, दुई जना बाग्लुङ र एक जना धनगढीमा उपचाररत छन् । एक जना भने निको भएर घरमा छन् । संक्रमितहरु सबैको स्वास्थ्य सामान्य छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *