स्वास्थ्यकर्मीलाई विदा दिने कि नदिने ? मन्त्रालय र विभागको फरक-फरक निर्देशन

काठमाडौँ, २० चैत । कोभिड – १९ को महामारीको बेला स्वास्थ्यकर्मीलाई विदा दिने कि नदिने भन्ने विषमया स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको फरक फरक सूचनाले स्वास्थ्यकर्मी अन्योलमा परेका छन् ।

विभागले गत १५ चैतमा सूचना जारी गर्दै अस्पतालमा कार्यरत कर्मचारीलाई इन्फ्लुएन्जाको लक्षण देखिएमा १० दिन वा सञ्चो नहुदाँसम्म विदा दिन भनेको छ । महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको हस्ताक्षर रहेको परिपत्रमा  मधुमेह, उच्चरक्तचाप दम श्वासप्रस्वाशमा समस्या भएका सुत्केरी तथा गर्भवती कर्मचारीहरुलाई कोभिड – १९ को शंकास्पद बिरामीको प्रत्यक्ष उपचार तथा व्यवस्थापनमा सहभागी नगराउन देशभरका अस्पतालहरुलाई निर्देशन दिएको छ ।

तर आज स्वास्थ्य मन्त्रालयले सो विभागको सो सूचनाको कार्यान्वनय नगर्न भन्दै अर्को सूचना जारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाद्धारा जारी सूचनामा कोभिड – १९ ले बनाएको आजको विश्वव्यापी गम्भीर परिस्थितिमा देशभरका स्वास्थ्य सेवा सूचारु गर्न कुनै पनि कर्मचारीलाई वा काजमा नछोडी नियमित रुपमा काममा खटाउन भनिएको छ ।

मन्त्रालयले दीर्घ रोगी, गर्भवती एवं सुत्केरी महिलाहरुलाई कोभिड १९ को विरामीको प्रत्यक्ष उपचारमा नखटाउनको लागि गरेको परिपत्रमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

दुबैको पत्र र निर्देशनले स्वास्थ्यकर्मीहरु भने अलमलमा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज प्रकाशित पत्र

स्वास्थ्य सेवा विभागद्धारा १५ चैतमा लेखिएको परिपत्र

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *