सरकारद्धारा ओम्नी ग्रुपसंगको मेडिकल सामग्री खरीद सम्झौँता रद्ध

काठमाडौँ, १९ चैत । सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई) संग मेडिकल खरीद सामग्री रद्ध गरेको छ । उक्तसमूहसंग करीब करीब १ अर्व २४ करोड बराबरको सम्झौँता गरेको थियो ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सम्झौँता अनुसार सामान नल्याएपछि सम्झौँता रद्ध गरेको जानकारी दिए । उनले उक्तकम्पनीको धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय भएको समेत जानकारी दिए ।

‘सामान ल्याउन सरकारले प्लेन पठाएर सहजीकरण गर्‍यो तर उहाँहरुले सम्झौता अनुसार तोकिएको समयमा सामान ल्याउन सक्नुभएनु उनले भने, ‘हामीले जति भनेका थियौ, उहाँहरुले जति ल्याउनु पर्ने थियो ३० तारिख भित्र त्यो ल्याउन सक्नु भएन। कबुल गरेको सामानको १० प्रतिशत हाराहारीमा मात्र ल्याउन सक्नुभयो। दोस्रो लट भोली पेस गर्ने समय छ। तर उहाँहरुले भोली सामान ल्याउने कुनै सम्भावना छैन। ल्याउन सक्छौं भन्ने प्रतिवद्धता पनि छैन। त्यसकारण सम्झौता रद्द गरिएको छ।’

सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो।

यसअघि ओम्नी समूहसंग बढी मूल्यमा सामान खरीद गर्ने सम्झौँता भएको भन्दै आलोचना भएको थियो । तर महानिर्देशक श्रेष्ठले विश्वव्यापी संकटको बेला र सामान सर्टेज भएको बेलामा अरु बेला भन्दा करीब २० प्रतिशत बढी मूल्य हालेको स्वीकारे । उनले पैसा भन्दा मानिसको ज्यान ठूलो भएको भन्दै मूल्यमा केही लचक भएको बताए ।

महानिर्देशक श्रेष्ठले अब पुन अर्को सूचना निकाल्ने तीन दिन भित्र सम्झौँता गरी ५ दिनमा सामान उपलव्ध गराउने गरी सम्झौँता हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *