सातवटै प्रदेशबाट कोभिड -१९ परीक्षण, पाँचवटामा पोर्टेवल मेसिन, एक घण्टामै रिपोर्ट आउने

गण्डकी प्रदेशको राजधानी पोखराको पश्चिमाञ्चल अस्पतालमा मंगलबार पोर्टेवल पीसीआर मेसिन लगायत आवश्यक सामग्री लिएर काठमाडौँबाट आएको हेलिकप्टर

काठमाडौँ, १९ चैत । कोरोना भाइसर (कोभिड -१९)को परीक्षण अव सात प्रदेशबाटै हुने पक्का भएको छ । परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाहेक अरु पाँच प्रदेशमा पोर्टेवल पीसीआर मेसिन पठाएको छ ।

गण्डकी प्रदेशको पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेसिन गएर जडान भई परीक्षण शुरु भईसकेको छ । सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं २ को जनकपुरमा मेसिन पुगेर जडान हुने कार्य शुरु हुँदैछ । ती स्थानमा आजै साँझबाट वा भोलिबाट कोभिड १९ को परीक्षण शुरु हुने बताइएको छ । यता प्रदेश नं ५ को बुटवलमा मेसिन सामान पुग्ने क्रममा छ । हामीले गाडी पठाएका छौँ आउँदैछ रुपन्देहीका स्वास्थ्य कार्यालयका प्रमुख डा राजेन्द्र गिरीले बताए ।

यता प्रदेश नं ३ को हेटौडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको ल्यावलाई स्तरउन्नती गरी सञ्चालनमा ल्याउने तयारी छ ।

पोर्टेवल मेसिनबाट एक घण्टामै रिपोर्ट
चीनबाट ल्याइएका पोर्टेवल मेसिन सञ्चालनमा आएपछि एक घण्टामै रिपोर्ट आउने छ । ‘यो मेसिनमा एक पटकमा एक जनाको मात्रै नमूना परीक्षण गर्न मिल्छ । तर रिपोर्ट एक घण्टामै आउँछ,’ प्रयोगशालाकी प्रमुख डा रुना झाले भनिन् ।

उनले प्रदेशका अस्पतालहरुमा गम्भीर विरामीहरुको तत्काल थ्रोट स्वाव झिकेर परीक्षण गरी कोरोना हो होइन भन्ने छुट्याउन सहज हुने बताइन । ‘अब एउटा दुईवटा रिपोर्ट लिएर केन्द्रसम्म आउने झन्झट हुँदैन्,’ उनले भनिन् ।

एकैपटक ठूलोसंख्यामा जाँच गर्नका लागि धरान र हेटौडामा जस्तै अरु अस्पतालका पुराना ल्यावहरुलाई स्तरोन्नती गर्न लागिएको समेत डा झाले बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *